कला


अभिनेत्री शेफालीको मृत्यु अझै रहस्यमय: लिइरहेकी थिइन् जवान भइरहने औषधि

अभिनेत्री शेफालीको मृत्यु अझै रहस्यमय: लिइरहेकी थिइन् जवान भइरहने औषधि

फाइल तस्बिर: बलिउड अभिनेत्री शेफाली जरीवाला


नेपालखबर
असार १६, २०८२ सोमबार २१:५७, काठमाडौँ

४२ वर्षको उमेरमै बलिउड अभिनेत्री शेफाली जरीवालाको मृत्यु कसरी भयो?

उनको निधनको कारण एन्टी-एजिङ (जवान नै देखिइरहने) औषधि थियो वा विषाक्त खाना?

उनको मृत्युका विषयमा यस्ता धेरै प्रश्न उठिरहेका छन्। वास्तविक कारण भने पोस्टमार्टम रिपोर्टबाट मात्र खुल्नेछ।

यसैबीच एनडीटीभीले शेफालीका डाक्टरसँग कुरा गरेको छ। 

जसले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरेका छन्। उनले शेफाली आफ्नो ग्राहक भएको पुष्टि गरेका छन्।

डाक्टर र बिरामीबीचको गोपनीयतालाई ध्यान दिँदै उनले शेफालीले कुन उपचार गराइरहेकी थिइन् वा कुन औषधि लिइरहेकी थिइन् भन्ने विषयमा बताउन अस्वीकार गरे। यद्यपि, उनले शेफाली अन्तिमपटक मार्चमा आफूलाई भेट्न आएको बताएका छन्।

प्रहरीका अनुसार जुन २७ मा शेफालीले घरमा सत्यनारायण पूजा लगाएकी थिइन्। सोही भवनमा बस्ने उनका आमाबाबुले पनि पूजामा भाग लिएका थिए। पूजापछि आमाबाबु गए। तर जब शेफालीले व्रत तोडिन् तब उनले अघिल्लो दिनको फ्रिजमा राखिएको बासी खाना खाइन्।

शेफालीको मृत्युको सम्भावित कारण खाद्य विषाक्तता पनि मानिएको छ। तर वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुनेछ।

यसैबीच प्रहरीको अनुसन्धानले शेफालीले सात-आठ वर्षदेखि नियमित रूपमा एन्टी-एजिङ ड्रग्स सेवन गरिरहेको खुलासा गरेको छ।

बलिउड अभिनेत्री शेफाली जरीवाला (फाइल तस्बिर)

जुन २७ मा पूजाका दिन व्रत बसेको भए पनि उनले उनले दिउँसो एन्टी-एजिङ ड्रग्सको सुई लगाइन्। जुन औषधि उनले डाक्टरको सल्लाहमा वर्षौंदेखि हरेक महिना लिइरहेकी थिइन्।

प्रहरीले आशंका गरेको छ- यो औषधि पनि उनको अचानक मृत्युको प्रमुख कारण हुन सक्छ। किनभने उनलाई हृदयाघात भएको हुन सक्छ। 

 घटनाका दिन राति १० देखि ११ बजेको बीचमा शेफालीको स्वास्थ्य अचानक बिग्रियो, उनको शरीर काँप्न थाल्यो र उनी बेहोस भइन्। उनलाई तुरुन्तै अस्पताल लगियो। जतिबेला शेफालीका पति पराग, आमा र अन्य सदस्य पनि घरमा थिए।

फोरेन्सिक टोलीले उनको घरबाट विभिन्न प्रकारका औषधि बरामद गरेको छ, जसमा एन्टी-एजिङ भाइल, भिटामिन सप्लिमेन्ट र ग्यास्ट्रिक चक्की छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad