कला


गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री लेखकलाई

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री लेखकलाई

नेपालखबर
असार १७, २०८२ मंगलबार १३:३३, काठमाडौँ

गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या भएको भन्दै उनीहरूले गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन्।

एलिनाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे जानकारी दिएकी हुन्। लेखकसँगको तस्बिर राख्दै सहयोगका लागि धन्यवाद समेत दिएकी छिन्।

उनले लेखेकी छिन्, ‘यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ।’

व्यक्तिगत जीवनमा आँच पुर्‍याउने, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू सह्य नभएको समेत उनले उल्लेख गरेकी छिन्। आत्मसम्मानको रक्षा गर्न बाध्य भएर कानुनी प्रक्रिया अघि बढाएको समेत उनको भनाइ छ। 

केही दिनदेखि यी दुवैले आफूलाई गालिगलौच गर्नेको प्रोफाइल सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छिन्। साथै हिजो मात्रै एलिनाले ती व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी दिइसकेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad