चर्चित कमेडियन मेक्सम गौडेलको स्वास्थ्यमा सुधार आएको छ। केही महिनादेखि स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि उपचारसँगै अहिले क्रमिक रुपमा सुधार हुदै आएको उनले फेसबुकमार्फत जानकारी दिएका हुन्।
अस्वस्थ हुँदा स्वास्थ्य लाभको कामना गर्ने सम्पुर्णलाई उनले धन्यवाद दिएका छन्। साथै आफू छिट्टै काममा फर्किन लागेकोसमेत गौडेलले उल्लेख गरेका छन्।
‘आवश्यक उपचार र केहि समयको आरामपछी म हजुरहरुले नै मन पराउनुभएको, माया दिनुभएको काममा पनि छिट्टै फर्किँदैछु,’ उनले लेखेका छन्।
गत ३ महिनाअघि उनी प्याङ्क्रियाजको समस्याबाट पीडित भएका थिए। यसअघि पेटमा दुखाइ भएपछि उनी बानेश्वरस्थित सिभिल अस्पतालमा झण्डै दुइ साता भर्ना भएका थिए। त्यहाँ निको नभएपनि उनलाई दिल्लीस्थित मेदान्त अस्पताल भर्ना गरिएको थियो।
‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए। ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरिसकेका छन्।
Shares

प्रतिक्रिया