कला


चाँदनी जोशीको पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ लोकार्पण

चाँदनी जोशीको पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ लोकार्पण

नेपालखबर
असार २०, २०८२ शुक्रबार ८:३९, काठमाडौँ

महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा सक्रिय चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेस्ट्री’ सार्वजनिक गरिएको छ।

जोशीकी छोरी सृष्टि जोशी मल्ल र छोरा प्रणय जोशीले ८० वर्षमा प्रवेश गरेकी आमालाई सम्मान गर्दै उत्सव आयोजना गरी सो कृति लोकार्पण गरिएको बताए। ललितपुरमा सम्पन्न विमोचन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुपति केदारभक्त माथेमा, नेपालका लागि पाकिस्तानी राजदूत एचइ अब्रार एच हासमीलगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए।

बुकहिलले प्रकाशन गरेको उक्त पुस्तक लोकार्पणमा शिक्षाविद् केदारभक्त माथेमाले आफ्नी सहपाठी जोशीको खुलेर प्रशंसा गरे। ‘जीवनका कठिन अवस्थामा निडर रही एक विद्रोही नारीको भूमिका निर्वाह गर्नुभयो र उहाँले जीवनमा आज यो सफलता प्राप्त गर्नुभएको हो’, माथेमाले भने।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीले नेपालमा मात्रै नभएर संसारभरका नारीका लागि चाँदनी जोशी प्रेरक रहेको बताए। कार्यक्रममा मन्त्री भण्डारीले यो देशमा कहिल्यै केही भएन, केही गर्न सकिएन भन्ने भाष्यलाई चिर्ने नारी चाँदनी जोशी भएको उल्लेख गरे ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले महिला अधिकारका क्षेत्रमा उनको भूमिका उल्लेखनीय रहेको बताए। मानव अधिकारकर्मी चरण प्रसाईंले चाँदनी जोशीले गरेको कार्य कुनै अधिकारको क्षेत्रमा काम गर्ने संस्थाको भन्दा उच्च रहेको भन्दै सबैलाई उनीबाट प्रेरणा लिन आग्रह गरे।

सानैमा पाल्पाबाट बाबुआमाका साथमा काठमाडौं आएर कलेज अध्ययन गरी पद्मकन्या कलेजबाट लेक्चरर जीवनको सुरुवात गरेकी जोशीले महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा ६० वर्ष बिताएकी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad