कला


‘माग्ने राजा’ को टिजरबारे आएको प्रतिक्रियाले उत्साहित केदार घिमिरे

‘माग्ने राजा’ को टिजरबारे आएको प्रतिक्रियाले उत्साहित केदार घिमिरे

नेपालखबर
असार २०, २०८२ शुक्रबार १४:३१, काठमाडौँ

अभिनेता केदार घिमिरे ‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित छन्। सिनेमाकर्मी र दर्शकबाट प्रशंसा पाएका उनले टिजरले अपेक्षित प्रतिक्रिया पाएकोमा सिनेमाका बाँकी प्रचार सामग्रीले पनि सोही अनुसारको माया पाउने विश्वास व्यक्त गरे।

तीन दिनमा करिब १० लाख भ्युज पाएको टिजरका संवादलाई दर्शकले रुचाएका छन्।

‘टिजरमा आएको दर्शकको प्रतिक्रियाले निर्माण टिम खुसी छौँ। मलाई नयाँ स्वरुपमा हेर्न खोज्नु भएको प्रतिक्रियालाई पनि हामीले सकारात्मक रुपमा लिएका छौँ’ उनले भने, ‘तर माग्ने राजाको चरित्र माग्नेकै निरन्तरता स्वरुप निर्माण भएकाले यसमा पुरानो माग्नेका लवज र थेगो प्रयोगमा आएका छन्। तर सिनेमामा नयाँ माग्ने पनि देख्न सक्नुहुनेछ।’

निर्देशक ऋषि लामिछाने टिजरले तीन दिनमा नौ लाख ९३ हजार बढि दर्शक पाउनुलाई सिनेमाले कमाएको विश्वासको रुपमा ग्रहण गरेको बताए। लामिछानेका अनुसार सिनेमा हास्य विधामा निर्माण भएको र टिज गर्ने हिसाबले टिजरले सिनेमालाई लिएर कौतुहलता सिर्जना गर्न सकेको आभाष भएको बताए।

‘टिजरको काम टिज गर्ने अर्थात् दर्शकलाई सिनेमाप्रति उत्सुक बनाउने हो। टिजरले त्यो गरेको छ। केदार घिमिरेलाई पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत गर्ने चुनौती लिइरहँदा, दर्शकको स्वीकारोक्तिलाई लिएर दुविधाहरु थिए। तर टिजरमा आएको प्रतिक्रियाले हामी ढुक्क भएका छौँ,’ लामिछानेले भने।

उनले पनि सिनेमाको मुख्य कथा माग्नेको चरित्र वरिपरि घुम्ने भएकाले प्रचार सामग्रीमा उनकै चरित्रले स्थान पाउने बताए। 

मुनाल घिमिरेको लगानीमा बनेको सिनेमामा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ। सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन्। यो फिल्म आगामी भदौ ६ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad