कला


काभ्रेबाट सुरु भयो फिल्म ‘मिरमिरे’को छायांकन

काभ्रेबाट सुरु भयो फिल्म ‘मिरमिरे’को छायांकन

नेपालखबर
असार २२, २०८२ आइतबार ११:४८, काठमाडौँ

फिल्म ‘मिरमिरे’को छायांकन सुरु भएको छ। एक हप्ता वर्कसपमा गरेपछि निर्माण टिमले शनिबारदेखि छायांकन सुरू गरेको हो। पनौती नगरपालीका ११ बल्थली स्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै सुटिङ सुरू गरिएको हो। 

निर्देशक यम शेर्पाका अनुसार ३५ दिनको सेड्युल रहेको छ। फिल्मको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ।

यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन्।

चलचित्रको बाल९कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।

प्रकाश र दयाहाङको यो पहिलो हिकार्य हो । यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए।

निर्माणपक्षले चलचित्रको कथा बारे केही खुलाउन चाहेका छैनन्। ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन्। चलचित्रका छायाँकार आलोक शुक्ला हुन्।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन्। यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन्।

सुदिप कुँवरको मुख्य सहायक निर्देशक रहेको चलचित्रमा सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। ‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad