कला


मनोज ओलीले ल्याए नयाँ र्‍याप गीत ‘कथा आज सुनाउँदैछु’

मनोज ओलीले ल्याए नयाँ र्‍याप गीत ‘कथा आज सुनाउँदैछु’

नेपालखबर
असार २४, २०८२ मंगलबार १६:१२, काठमाडौँ

र्‍यापर मनोज ओलीले नयाँ र्‍याप गीत ‘कथा आज सुनाउँदैछु’ ल्याएका छन्। सार्वजनिक र्‍यापमा नेपाली समाजको यथार्थलाई देखाइएको छ। 

जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको कुरा छ।

गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको गुनासो र्‍यापमा सुन्न सकिन्छ।

राजनीतिक दलले देखाएको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्‍यापले जीवन्त रूपमा चित्रण गरेको छ। राजनीतिक परिवर्तनपछि पनि एक छाक खान र न्यूनतम शिक्षा र स्वास्थ्यबाट पनि बञ्चित हुनु परिरहेको विद्यमान अवस्थालाई  चित्रण गरेको छ।

गीतको भिडिओमा मुुकुन भुुसाललगायत कलाकारको अभिनय छ। भिडिओलाई निकेश खड्काले निर्देशन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad