कला


कृषाको ‘जहाजैमा’मा वर्षा शिवाकोटी

कृषाको ‘जहाजैमा’मा वर्षा शिवाकोटी

नेपालखबर
असार २९, २०८२ आइतबार १३:४१, काठमाडौँ

कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा शिवाकोटी भित्रिएकी छन्। 

निर्माण टिमले शनिबार उनीसँग लिखित सम्झौता गरेको हो।

कथा र टिम मन परेका कारण फिल्ममा काम गर्न सहमत भएको शिवाकोटीले बताइन्।

उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरेकी छन्। 

यसअघि फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया देखिने पक्का भइसकेको छ। 

अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।

फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् भने छायांकन निर्देशन (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्। 

उज्ज्वल गुरागाईंले बनाउने फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा हुनेछ। 

केपी फिल्म्‌सको सहकार्यमा बन्ने यो फिल्मको छायांकन आउँदो भदौमा जापानबाट सुरु गरिनेछ।

नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने फिल्मको प्रि-प्रोडक्सन तीव्र गतिमा भइरहेको छ।

निर्माण पक्षले छायांकन थाल्नु दुई महिनाअघि नै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरिसकेको छ।

आरआर फिल्म्‌स्‌सँग सहकार्य गर्दै आउँदो फागुन १ गते फिल्म देशभर प्रदर्शन गरिने बताइएको छ।

फिल्मको वितरण आरआर फिल्म्स्‌का रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad