कला


अजय र मुणालका यी डान्स स्टेप किन भइरहेका छन् भाइरल?

अजय र मुणालका यी डान्स स्टेप किन भइरहेका छन् भाइरल?

नेपालखबर
असार ३२, २०८२ बुधबार १५:२५, काठमाडौँ

केही दिनयता  फिल्म ‘सन अफ सरदार २’ को एउटा गीत निकै भाइरल  छ। अजय देवगन र मृणाल ठाकुरको अभिनय रहेको फिल्मको गीत ‘पहला तु दुजा तु’ ट्रेन्डिङमा छ।

भाइरल हुनुको कारण गीतका शब्द वा आकर्षक लाइनहरू होइनन्। रमाइलो नृत्यका स्टेपहरू हुन्। यो एक सुन्दर रोमान्टिक ट्र्याक हो, जसका साधारण हुक स्टेप अहिले भाइरल छन्। भारतसहित नेपालमा पनि यसै स्टेपमा थुप्रै भिडिओहरू बनिरहेका छन्।

गीतका शब्दहरू ‘पहला तु दुजा तु’ मा अजय र मृणालले आफ्नो औंलाहरू प्रयोग गरेर प्रस्तुत गर्छन्। दर्शकले यसमा धेरै मिमहरू बनाइरहेका छन्।

अजयकी छोरी न्यासा देवगन आफैँले ओरीसँगै यो हुक स्टेप पुन: सिर्जना गर्ने प्रयास गरेकी छन्। ओरीले आफ्नो इन्स्टाग्राम पेजमा भिडिओ सेयर गरेकी छन्, जसमा दर्शकले बुवाको गीतको प्रमोट गरेको भन्दै रमाइलो प्रतिक्रिया दिएका छन्। 

अजयले केही दिनअघि ‘सन अफ सरदार २’ को ट्रेलर सार्वजनिक कार्यक्रममा यस स्टेपको मजाक नउडाउन भनेका थिए। ‘मलाई अरूको बारेमा थाहा छैन तर म तपाईंलाई सबै कुरा भन्न चाहन्छु। तपाईंहरू मेरो मजाक उडाउनुहुन्छ। यो गर्न पनि मलाई धेरै गाह्रो छ। त्यसैले मैले यो गरेँ,’ उनको भनाइ थियो।

यस फिल्मको पहिलो भाग सन् २०१२ मा रिलिज भएको थियो। एक्सन कमेडी जनरामा बनेको यो फिल्म २०२५ जुलाई २ मा सार्वजनिक हुँदै छ। विजय कुमार अरोरा निर्देशित यस फिल्ममा अजय र मृणालसँगै रवि किशन, मुकुल देव, नीरु बाजवा, विन्दु दारा सिंह र सञ्जय मिश्रा मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad