साउन २३ गते प्रदर्शन हुने फिल्म ‘सिटामोल’को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘मुटुभित्र खिल छ हजुर’ बोलको गीत मर्मस्पर्शी छ।
सार्वजनिक गीतमा बाबुल गिरीको संगीत तथा स्वर छ। गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन्।
गीतको भिडिओमा कलाकार सौगात मल्ल, बेनिशा हमालसहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित र संगीतबार बाबुल गिरी छन्।
यसै गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली सिनेमामा विशेष भूमिकामा डेब्यु गरेका हुन्।
सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जाल र टिकटकमा हिट भएपछि निर्माण टिमले पुरा गीत सार्वजनिक गरेको हो।
यो गीतले दर्शकमाझ सिनेमाको हाइप उच्च बनाउने विश्वास निर्माण टिमको छ।
राजबहादुर साने निर्देशित फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन्।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा सिमोस सुनुवारको प्रस्तुति छ।
Shares

प्रतिक्रिया