हलिउडको बहुप्रतीक्षित फिल्म ‘अवतार’को तेस्रो शृंखलाको प्रदर्शन मिति सार्वजनिक भएको छ। जेम्स क्यामरुन निर्देशित ‘अवतार: फायर एन्ड एस’ आगामी १९ डिसेम्बर अर्थात् पुस ४ गते विश्वभर रिलिज हुनेछ।
फिल्मका मुख्य खलनायक पात्र ‘वरंग’को झलक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो।
पहिलो पोस्टरमा खलनायक वरंगको अनुहार देखाइएको छ। गेम्स अफ थ्रोन्सकी कलाकार उना च्याप्लिनले ‘वरंग’ को भूमिका निर्वाह गरेकी छिन्।
यस फिल्मको बजेट २५ करोड अमेरिकी डलर अर्थात् ३४ अर्ब नेपाली रुपैयाँ बताइएको छ।
शुक्रबार रिलिज हुन लागेको हलिउड फिल्म ‘फ्यान्टास्टिक फोर’सँगै ‘अवतार ३’ को पहिलो ट्रेलर आउनेछ। ‘अवतार ३’ को ट्रेलर हालै डिज्नीको लस एन्जलस र न्यूयोर्क कार्यालयहरूमा देखाइएको थियो।
132
Shares

प्रतिक्रिया