कला


सलमान खानले खुलाए घरको बार्दलीलाई बुलेटप्रुफ बनाउनुको कारण

सलमान खानले खुलाए घरको बार्दलीलाई बुलेटप्रुफ बनाउनुको कारण

नेपालखबर
साउन ७, २०८२ बुधबार १६:५४, काठमाडौँ

केही महिनाअघि बलिउड अभिनेता सलमान खानको अपार्टमेन्टमा गोली चलाइएको थियो। यसको केही समयपछि उनले आफ्नो घरको बाल्कोनीमा बुलेटप्रुफ सिसा लगाए।

हालै सलमानले आफ्नो बार्दलीलाई बुलेटप्रुट बनाउनुको कारण खुलाएका छन्।  धम्कीको डरले नभई फ्यानको बारम्बार आउने कुराले गर्दा आफूले बार्दली सुरक्षित गरेको उनको दाबी छ।

हालै सलमान खान इन्डियन सुपरक्रस रेसिङ लिग सिजन २ को अनावरण गर्न पुगेका थिए। यस क्रममा, जब उनलाई भनिएको थियो कि सलमान खान हरेक पटक ईदको अवसरमा फ्यानहरूलाई भेट्न बार्दलीमा आउने गर्थे।

 तर, यस वर्ष यस्तो भएन। किनभने अभिनेताले बुलेटप्रुफ गिलास पछाडि उभिएर फ्यानहरूलाई भेटे। यसविषयमा बोल्दै उनले भने, ‘यो कुनै अन्य कारणले जडान गरिएको छैन। तर हामीले सुरक्षाको लागि केही गर्नुपर्‍यो, किनभने धेरै पटक हामीले फ्यानहरूलाई बाल्कोनीमा सुतिरहेको भेट्टायौं। ती मानिसहरू माथि चढेर बाल्कोनीमा आएर सुत्थे, त्यसैले हामीले यसलाई छोप्नुपर्थ्यो।’

१४ अप्रिल २०२४ मा बिहान ५ बजेतिर सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा राउन्ड गोली चलाइएको थियो। गोली चलाउने व्यक्तिहरू घर बाहिर जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएका थिए। गोली चलाउनेहरू त्यही भित्तामा भएको थियो, जहाँबाट केही दूरीमा सलमानको बाल्कनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउँछन्। फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट एउटा जीवित गोली बरामद गरे। लरेन्स ग्रुपले यस आक्रमणको जिम्मेवारी लिएको छ।

त्यसबेलादेखि, अभिनेताको सुरक्षा बढाइएको छ। यो आक्रमणको लगभग ८ महिना पछि सलमान खानले आफ्नो बाल्कोनीमा बुलेटप्रुफ सिसा जडान गरेका छन्। यसका साथै, उनको अपार्टमेन्ट वरिपरि उच्च रिजोल्युसन सीसीटीभी क्यामेराहरू पनि जडान गरिएका छन्। यसका साथै सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad