अभिनेता सौगात मल्ल फिल्म ‘मितज्यू’मा अनुबन्ध भएका छन्।
बिहीबार निर्माण टिमले मुख्य भूमिकाका लागि उनीसँग सम्झौता गरेको हो।
यसअघि उक्त फिल्ममा दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने भित्रिसकेका छन्।
अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको भनाइ छ।
फिल्मका लागि अन्य कलाकार पनि फाइनल गर्ने क्रम जारी रहेको निर्देशकले बताएका छन्।
यो फिल्म अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको हो।
फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माणमा सुपरहिट फिल्म ‘घरज्वाइँ’ का निर्माता जनक घर्ती मगर छन्।
निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हो।
यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने तयारीमा छ।
फिल्मको सिनेमाटोग्राफी शिशिर विशङ्खेले सम्हाल्नेछन्।
यसै वर्षको चैत २७ गते प्रदर्शन गर्ने निर्माण टिमको योजना छ।
Shares

प्रतिक्रिया