चर्चित लोकदोहोरी गायिका लक्ष्मी न्यौपानेले नयाँ तीज गीत ल्याएकी छिन्। शुक्रबार उनले ‘म त मसक्कै’ बोलको मौलिक तीज सार्वजनिक गरेकी हुन्।
आफ्नै अफिसियल युट्युवमार्फत सार्वजनिक गीतमा लक्ष्मीकै स्वर र संगीत रहेको छ। उनीसहित शारदा न्यौपाने बस्यालको शब्द रहेको गीतमा श्यामश्वेत रसाइलीको संगीत संयोजन छ।
यो गीत दुई दशकअघि सार्वजनिक भएको चर्चित गीत हो। पुरानै गीतलाई उनले पुनर्जिवन दिएकी हुन्।
सार्वजनिक गीतमा सागर लम्साल, अञ्जली अधिकारी र निहारिका रेग्मीको अभिनय तथा नृत्य देख्न सकिन्छ। यसै गीतबाट लक्ष्मीकी छोरी निहारिकाले अभिनयमा डेब्यु गरेकी हुन्।
निहारिका यसअघि आमाका गीतमा नृत्य गरेर भिडिओ बनाउँथिन्। जुन भिडिओ लक्ष्मीले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएकी थिइन्। जुन भिडिओ हेरेर दर्शकहरुले निकै तारिफ गर्थे। तिनै निहारिकाले आमाको गीतबाट अभिनयमा पाइला राखेकी हुन्।
भिडिओमा स्मृति तिमिल्सिना (गुरूआमा) को कोरियोग्राफी तथा निर्देशन छ। बुद्ध थापाले खिँचेको भिडिओलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन्।
तीन दशकदेखि गायनमा सक्रिय लक्ष्मीका थुप्रै गीतहरु चर्चित छन्। जसमा पनि टलटल टलिकनलाई, तीज आयो राजैु, झल्को माइतीको जस्ता हिट तीज गीतहरू हुन्।
Shares

प्रतिक्रिया