कला


‘राम नाम सत्य’ बाट फिल्ममा डेब्यु गर्दै चर्चित टिकटकर आयुष सिंह ठकुरी

‘राम नाम सत्य’ बाट फिल्ममा डेब्यु गर्दै चर्चित टिकटकर आयुष सिंह ठकुरी

नेपालखबर
साउन १३, २०८२ मंगलबार १२:४६, काठमाडौँ

चर्चित टिकटकर तथा कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीले फिल्ममा डेब्यु गर्ने भएकी छन्। उनले माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मार्फत सिनेक्षेत्रमा प्रवेश गर्न लागेका हुन्।

सोमबार निर्माणपक्ष र आयुषबीच कागजी सम्झाैता भएको हो। फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग सम्झाैता गरे।

फिल्म साइन गरेपछि आयुषले भने ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ। तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ। यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ। यसैले साइन गरेको हुँ।’

फिल्म ‘राम नाम सत्य’का लागि केही महिनादेखि आयुषले मिहिनेत गरिरहेका छन्। फिल्मका निर्देशक माइकल चन्दले भने, ‘आयुष र हामीबिच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौँ। अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन्। उनले फिल्मका लागि निकै मिहिनेत गरिरहेका छन्।’

साउनको २९ गते शुभसाइत गरेर फिल्मको छायांकन गर्ने तयारी छ। यस फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ।

यसअघि फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायत फाइनल भइसकेका छन्। अब, एक अभिनेत्री फाइनल गरेपछि कलाकारहरुको लाइनअप पूरा हुने निर्माणपक्षले बताएको छ ।

उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको डीओपी रहने फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad