कला


पद्मश्री पुरस्कारको लागि उत्कृष्ट सूचीमा परे ५ पुस्तक

पद्मश्री पुरस्कारको लागि उत्कृष्ट सूचीमा परे ५ पुस्तक

नेपालखबर
साउन १५, २०८२ बिहिबार १२:५४, काठमाडौँ

हेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर- १ चितवनले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तकहरूको संक्षिप्त सूची सार्वजनिक गरेको छ। 

पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त दुईसय तीन पुस्तकमध्येबाट पुरस्कार चयन समितिले गएको असार १५ गते उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक गरेको थियो। 

दोस्रो चरणमा पुरस्कार चयन समितिले ती १५ पुस्तकमध्येबाट पाँच पुस्तकको सूची सार्वजनिक गरेको हो। 

सूचीमा परेका पाँच कृतिमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो’, भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको ‘स्व उपन्यास’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ रहेका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad