कला


वसन्त र शान्तिश्रीले गाए- आजलाई नाइँ नभन

वसन्त र शान्तिश्रीले गाए- आजलाई नाइँ नभन

नेपालखबर
साउन १५, २०८२ बिहिबार १७:७, काठमाडौँ

ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको फिल्म ‘झिँगेदाउ २’को गीत रेकर्डिङ गरिएको छ।

बुधबार चर्चित गायिका शान्तिश्री परियार तथा गायक वसन्त थापाको स्वरमा ‘आजलाई नाइँ नभन’ गीत रेकर्ड गरिएको हो।

गायक तथा थापाले ‘छ माया छपक्कै’ पछि दोस्रोपटक पार्श्व गायनको नेपाली सिनेमाको गीतमा स्वर भरेका हुन्। यो गीतमा संगीतकार पोखरेलको नै शब्द, संगीत र एरेन्ज रहेको छ। गायक थापा र संगीतकार अर्जुन पोखरेलको यो पहिलो सहकार्य पनि हो।

गायिका परियार, निर्देशक देउजा र संगीतकार पोखरेलले यसअघि झिँगेदाउको गीत ‘आगो बिना बिँडी जल्दैन’मा सहकार्य गरेका थिए।

यो गीत हिट भएकाले निर्देशक देउजाले लक्की चार्मको रूपमा ‘झिँगेदाउ २’मा समेत गायिका परियारसँग सहकार्य गरिएको बताए। अबको १० दिनमा गीतलगायत सिनेमाको सम्पूर्ण प्रि-प्रोडक्सको काम सकिने र दसैँ-तिहारपछि छायांकमा सुरु गरि उनको भनाइ छ।

सिनेमाको पहिलो भाग जहाँ सकिएको थियो, त्यँहीबाट दोस्रो भाग सुरु हुने देउजाले बताए।

सिनेमाको मुख्य भूमिकामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्टसहित पहिलो भागका अधिकांश कलाकार दोहोरिनेछन्। यसबाहेक एक अभिनेता र एक अभिनेत्री नयाँ कलाकारको प्रवेश हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad