फिल्म ‘हरिबहादुरको जुत्ता’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा हरिवंश आचार्य मात्रै फिचर्ड छन्। पोस्टरले मुख्य पात्रबारे स्पष्ट पार्न खोजेको छ।
हरिबहादुर नेपाली टेलिसिरियलको चर्चित पात्र हो।
जसलाई झल्को दिने गरी पोस्टर तयार पारिएको हो।
पोस्टरमा हरिबहादुर जुत्ता सिउने व्यक्तिको भूमिकामा छन्।
दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्ममा हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, किरण केसी, मुरलीधरलगायतले अभिनय गरेका छन्।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्ने फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्।
फिल्ममा कृष्णबहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन छ।
यो फिल्म फूलपातीको अवसरमा असोज १३ गते रिलिज हुँदै छ।
66
Shares

प्रतिक्रिया