कला


‘बुकी’को पोष्टर सार्वजनिक, मुख्य भूमिकामा सुरक्षा पन्त र देबेन्द्र बब्लु

‘बुकी’को पोष्टर सार्वजनिक,  मुख्य भूमिकामा सुरक्षा पन्त र देबेन्द्र बब्लु

नेपालखबर
साउन १८, २०८२ आइतबार १३:४०, काठमाडौँ

फिल्म ‘बुकी’को  पोष्टर सार्वजनिक गरिएको छ। मोहन केसीको निर्देशनमा निर्माण भएको फस्टलुक पोष्टर सार्वजनिक गरेको हो।

पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ। लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ। चौरमा एक पुरुषसहित सात महिला छन्। जो भलिबल खेलिरहेका छन्।

बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छन्। स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो। यो चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्ने छ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको छ। चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन्। निर्मातमा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत छन्।

क्रिएटिभ प्रोडुसरमा राजेश थापा र बसुन्धरा खरेल छन्। को-प्रोडुसरमा जितु थापा, सुनील बुढाथोकी छन्।

यस फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दीपबाबु लोहनी, निशा बजगाईं लगायतको अभिनय छ। 

चलचित्र ‘बुकी’को छायाकंन काठमाडौँ, पोखरा, बाग्लुङको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो। प्रदर्शन मिति तय नभएपनि सन् २०२६ भित्र रिलिज गर्ने निर्माण पक्षको योजना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad