कला


‘खुस्मा’ फेम्ड निर्देशकले ‘जलाकी’ बनाउने, उपासना र धिरजसहित सोनम मुख्य भूमिकामा

‘खुस्मा’ फेम्ड निर्देशकले ‘जलाकी’ बनाउने, उपासना र धिरजसहित सोनम मुख्य भूमिकामा

नेपालखबर
साउन २०, २०८२ मंगलबार १२:१६, काठमाडौँ

फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरले नयाँ फिल्म ‘जलाकी’ घोषणा गरेका छन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।

गत चैत्रमा केही दिन छायांकन समेत भइसकेको छ। अब असोज २१ गतेबाट यो सिनेमाको दोस्रो चरणको छायांकन सुरु हुनेछ।

यस फिल्ममा पनि ‘खुस्मा’ फेम्ड जोडी उपासना सिंह ठकुरी र धिरज मगरकै मुख्य भूमिका हुनेछ। साथै सोनम तोप्देनको पनि फिल्ममा मुख्य भूमिका हुनेछ।

सार्वजनिक दुइ पोस्टरमा उपासना र धिरज प्रेमिल भावमा फिचर्ड छन्। पोस्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्। यसै फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) को अभिनय छ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ। कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने यो सिनेमाको छायांकन पहिलो, दोश्रो र तेश्रो गरि तिन चरणमा रहने कुरा सिनेमाका निर्देशक अशोक थापा मगरले बताए।

मगर र गुरुङ समुदायको सँस्कृतीलाई झल्काउने यस फिल्मलाई रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु-भाग र दक्षिण कोरियामा समेत छायांकन गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad