अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा जोडिएकी छन्। फिल्म निर्माण टिमले उनलाई अनुबन्ध गरेको हो।
विपनाले फिल्म ‘सुख दुख’मा आफू पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताइन्।
उनले फिल्मको कथाले मन छोएको र नीताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउँदा असाध्यै उत्साहित भएको सुनाइन्।
यसअघि यस फिल्मका लागि कलाकारका रूपमा मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन्।
यस फिल्मको अन्य कलाकार र प्राविधिक पक्षबारे बिस्तारै जानकारी दिँदै जाने निर्देशक अधिकारीले बताए।
आगामी फागुनदेखि यो फिल्म चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलालले छायांकन गर्दै छन्।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आउने दसैँको फूलपातीदेखि प्रदर्शनमा ल्याउने लक्ष्य छ।
यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।
Shares

प्रतिक्रिया