लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा समस्या आएको छ।
एक महिनाको सांगीतिक यात्राको क्रममा क्यानडा जान लागेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा अचानक पेटमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको गीतकार नेत्र अर्यालले सामाजिक सञ्जालमा लेखेका छन्।
हाल उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। उनको क्यानडासहित इजरायल र अस्ट्रेलियामा पनि सांगीतिक प्रस्तुतिसम्बन्धी कार्यक्रम तय थियो।
174
Shares

प्रतिक्रिया