कला


एक हलिउड फिल्मसहित हलमा लागे ‘मोहर’ र ‘सिटामोल’

एक हलिउड फिल्मसहित हलमा लागे ‘मोहर’ र ‘सिटामोल’

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १०:५९, काठमाडौँ

शुक्रबार सिनेमाहलमा एक विदेशी र दुई नेपाली फिल्म प्रदर्शन भएका छन्।

हलिउड फिल्म ‘विपोन्स’ रिलिज हुँदा नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ पनि हलमा लागेका हुन्।

देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दुवै नेपाली फिल्मलाई पहिलो दिन झन्डै बराबरी सो उपलब्ध गराएको छ।

क्यूएफएक्सले काठमाडौँभित्र ‘सिटामोल’लाई १५ सो दिँदा ‘मोहर’ लाई १४ सो दिएको छ। उपत्यकाबाहिर पनि ठिकै सो दिएको छ।

त्यस्तै, दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले ‘मोहर’ लाई १२ सो दिएको छ भने ‘सिटामोल’लाई ११ सो उपलब्ध गराएको छ। त्यस्तै वान सिनेमाजले दुवै फिल्मलाई ६/६ सो दिएको छ। अन्य हलमा पनि दुवै फिल्मले राम्रै सो पाएका छन्।

अभिनेत्री बेनिशा हमालका दुई फिल्म एकआपसमा भिड्दैछन्। किनकि राजबहादुर साने निर्देशित ‘सिटामोल’ बेनिशासहित सौगात मल्लको मुख्य भूमिका छ। त्यस्तै, ‘मोहर’ मा पनि पल शाह, नीति शाहसहित बेनिशा पनि मुख्य भूमिकामा छिन्।

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको ‘मोहर’ देउकी प्रथाको कथा भन्छ। ‘सिटामोल’ भने पूर्वमाओवादी कमाण्डरलाई केन्द्रमा राखेर सामाजिक विषयवस्तुलाई समेटेको छ।

ज्याक क्रेगर निर्देशित हलिउड फिल्म ‘विपोन्स’ हरर जनरामा बनेको हो। यस फिल्ममा जोस ब्रोलिन, जुलिया गार्नर, एल्डेन एहरेनरेच, अस्टिन अब्राम्सको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad