फिल्म ‘जदौ’ नव अभिनेत्री राजश्री थापा अनुबन्ध भएकी छन्। मोडलिङ तथा स्टाइलिस्टका रूपमा सक्रिय उनले यसै फिल्मबाट सिनेक्षेत्रमा डेब्यु गर्न लागेकी हुन्।
राजश्रीले गायक सुशान्त केसीको एउटा गीतमा अभिनय गरेकी छन्। राजश्रीको इन्ट्रीसँगै फिल्ममा कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, गीता अधिकारी, शारदा गिरी, सन्ध्या श्रेष्ठ, अनिल सुब्बालगायतको अभिनय छ।
अन्तरजातीय प्रेम र सामाजिक कुरीतिविरुद्धको आवाज बुलन्द गर्ने विषयको फिल्म दाङ र प्युठानका विभिन्न स्थानमा खिचिने छ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सह-निर्मातामा रामराजा सुवेदी, सुमीत्रा देवकोटा, गोकुल केसी र नारायण शास्त्री छन्।
बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन श्याम तामाङले गर्नेछन्।
काजी लिम्बूको लेखन रहेको फिल्मको सुटिङ भदौ पहिलो साता सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले दिइन्।
Shares

प्रतिक्रिया