कला


६ वर्षपछि ‘मेरी बास्सै’ मा फर्किए राजु मास्टर

६ वर्षपछि ‘मेरी बास्सै’ मा फर्किए राजु मास्टर

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १५:४९, काठमाडौँ

कलाकार राजु पौडेल (राजु मास्टर) हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा फर्किएका छन्। राजुले आगामी साताबाट प्रसारण हुने गरी ‘मेरीबास्सै’ को लेखन र निर्देशनको जिम्मेवारी लिएका छन्। साथै उनले मेरीबास्सैमा अभिनय पनि गर्नेछन्।

मिडिया हबको प्रस्तुतिमा १९ वर्षको यात्रा गरिरहेको मेरी बास्सैबाटै राजुले कलाकारिताको यात्रा तय गरेका थिए। सुरुबाटै १२ वर्षसम्म निरन्तर अभिनय गरेका राजुले बीचमा ६ वर्ष अन्य सिरियलमा काम गरे। अहिले पुनः उनी आफ्नै घरमा फर्किन पाउँदा खुसी र जिम्मेवारीबोध भएको बताए। 

‘मेरी बास्सै मेरो घर हो, आफ्नै घरमा फर्किन पाउँदा खुसी लागेको छ। यही ठाउँले मलाई कलाकारिता सिकायो, आज यहाँसम्म आउन सक्नु भनेकै मेरी बास्सैको देन हो।अहिले लेखन र निर्देशनको पनि जिम्मेवारी लिएर फर्किएको छु। त्यसैले चुनौती महसुस गरेको छु,’ उनले भने। 

राजुले पछिल्लो समय मेरी बास्सैबाट बाहिरिएर आफ्नै लेखन, निर्देशन, अभिनय र निर्माणमा ‘सकस’ सिरियलमा काम गरिरहेका छन्। त्यसैले पनि उनले राम्रो अनुभव बटुलेका छन्। मेरी बास्सैको ९२३ भागबाट राजुले जिम्मेवारी सम्हाल्नेछन्।

उनका अनुसार यसपटकबाट नयाँ कथाबाट सिरियल अगाडी बढ्नेछ। राजुले भने, ‘हामीले चार भाग छायांकन गरिसकेका छौं। मेरी बास्सैको छायांकनस्थल धादिङको ज्वालामुखी पाउँपालिकाको ५, खरी भदुवार राजेका छौं।’

राजुले मेरी बास्सैमा ६ वर्ष अघिको आफ्नो परिवार लिएर फर्किएको बताउँछन्। उनी सहित मास्टर्नीको भूमिकामा अनिता बस्नेत, सालीको भूमिकामा सबिना आचार्य (सबु) पनि छन्।

यस्तै कलाकारहरु रामचन्द्र अधिकारी (गोक्ते काजी), सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दिपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद) लगायतका कलाकारहरुको अभिनय रहनेछ।

मेरी बास्सैलाई घनश्याम पोखरेल र ज्ञान कुमार कट्टेलले खिच्नेछन् भने रविन्द्र भट्ट र अशोक चौधरीले सम्पादन गर्नेछन् । ब्यवस्थापनको जिम्मेवारीमा उज्जवल खड्का रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad