कला


२२ अगस्टदेखि ‘प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड’ को अस्ट्रेलिया टुर सुरू

२२ अगस्टदेखि ‘प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड’  को अस्ट्रेलिया टुर सुरू

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १५:४९, काठमाडौँ

गायक प्रमोद खरेल आफ्नो ब्यान्ड परम्परा लिएर अस्ट्रेलिया टुरमा निस्किने भएका छन्। उनी अर्को साता अस्ट्रेलियाका विभिन्न सहरमा हुने सांगीतिक कार्यक्रमको लागि अस्ट्रेलिया टुरमा जान लागेका हुन्। 

प्रमोदका अनुसार आगामी २२ अगस्ट देखी १४ सेप्टेम्बर सम्म हुनेछ। अस्ट्रेलियाका पाँचवटा सहर सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलवर्न र न्यूक्यासलमा सांगीतिक कार्यक्रम हुनेछ।

मेला हब र न्यानगन फाइन मेट्सको प्रस्तुति रहने कार्यक्रममा आफ्नो ब्यान्डका अन्य ६ सदस्य सहित अस्ट्रेलिया पुग्नेछन्। उनीसँगै ब्यान्डमा लिड गिटारिस्ट देवासिस तामाङ, बेस गिटारिस्ट कुशल थापासँगै फ्ल्युटमा सञ्जीव मैनाली, ड्रमममा भुपेन्द्र रसाइली, मादलमा जेपी जोशी, किबोर्डमा राहुल भुजेल रहने छन् । 

‘अर्को साताको अस्ट्रेलिया टुरका लागी अहिले तयारी गरिरहेका छौं। अस्ट्रेलियाका बिभिन्न शहरका दर्शकहरुलाई मनोरन्जनका लागी तयारी रहन आगह्र गछौं’, प्रमोदले भने, ‘ब्यान्डसहितको यो पहिलो सांगीतिक टुर भएकाले पनि हामी उत्साहित छौं।’

‘परम्परा’ले यो मंगलबार नयाँ गीत ‘के मा बस्यो दिल’ सार्वजनिक गर्दैछ। परम्परा ब्याण्डले आगामी बर्षको जुन र जुलाइमा अमेरिकाको टुरमा निस्किने तयारी गर्दैछ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad