कला


‘जनै हराएको मान्छे’ को ट्रेलरमा विजयको कोरिया जाने सपना र ठगीको कथा

‘जनै हराएको मान्छे’ को ट्रेलरमा विजयको कोरिया जाने सपना र ठगीको कथा

नेपालखबर
साउन २५, २०८२ आइतबार १२:४२, काठमाडौँ

विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा आर्थिक अभाव, कोरिया जाने सपना र त्यसका लागि मुख्य पात्रले गर्ने संघर्ष देखाइएको छ।

मुख्य पात्र विजय बराल कोरिया जाने सपना, संघर्ष र काठमाडौँ आएपछि खानुपरेको हन्डरदेखि ठगिएको कथा ट्रेलरमा समेटिएको छ।
कोरिया जान नसकेपछि काठमाडौँमा छटपटिएर बसिरहँदा भेटिने मिरुना मगर र उनीसँगको प्रेमले ट्रेलरलाई रोचक बनाएको छ।

पारिवारिक कथामा बनेको यो फिल्म भदौ ६ गते रिलिज हुँदै छ। हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन्।


यस फिल्ममा विजय र मिरुनासँगै केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्।

अलटाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad