विल्सन विक्रम राईको निर्देशन रहेको फिल्म ‘मैझारो’ को छायांकन अन्तिम चरणमा पुगेको छ। साउनको पहिलो हप्ताबाट इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ।
पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ। निर्देशक राईका अनुसार दर्शकले यो फिल्मबाट फरक स्वाद र अनुभूति पाउनेछन्। फिल्मको कथा र पटकथा पनि उनी स्वयंले लेखेका हुन्।
मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतको अभिनय छ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने गायनमा राजेश पायल राई,झुमा लिम्बु ,मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेकाे फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।
Shares

प्रतिक्रिया