कला


नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ २२ अगस्टदेखि बेलायतका हलमा

नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ २२ अगस्टदेखि  बेलायतका हलमा

नेपालखबर
साउन २७, २०८२ मंगलबार १६:५२, काठमाडौँ

विभिन्न अन्तर्राष्ट्रिय फेस्टिबल पुगिसकेको नेपाली फिल्म ‘अ रोड टु अ भिलेज’ (गाउँ आएको बाटो) बेलायतमा प्रदर्शन हुने भएको छ। यसै २२ अगस्टदेखि यो फिल्म बेलायतका हलमा रिलिज हुन लागेको हो।

इंग्ल्याण्डको ब्रिस्टोलस्थित फिल्म वितरक कम्पनी अण्डरग्राउण्ड स्लेटले बेलायतमा प्रदर्शन गर्न लागेको हो। फिल्म दि आसफोर्ड सिनेमा, सेभोय क्याट्रिककन, द लाइट वालसल, एक्टन लन्डन, ओडियन बेजिङस्टोक, ओडियन म्यानचेष्टर, ओडियन ग्रीनवीचसहित अल्डरसट, आसफोर्ड, बेक्सलीहिथ, बर्मिङहम, एडिनबरा, फेल्थाम र ग्लास्गोका सिने वल्र्डमा प्रदर्शन तय भइसकेको छ। निर्माता आमोद राईका अनुसार अन्य हलहरूमा प्रदर्शन हुनेबारे समेत छिट्टै निश्चित हुनेछ।

यसअघि यो फिल्म क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन भइसकेको छ। साथै हङकङका हलमा समेत नियमित फिल्मसरह रिलिज भएको थियो।

नविन सुब्बा निर्देशित यो फिल्म गतवर्ष नेपाली हलमा प्रदर्शन भएको थियो। यस फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad