यम शेर्पाको निर्देशित फिल्म ‘मिरमिरे’को छायांकन सकिएको छ। काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा ३५ दिन लगाएर फिल्मको सुटिङ गरिएको हो।
‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन। यस फिल्मलाई आलोक शुक्लाले खिँचेका हुन्।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । आगामी माघ १ गतेलाई रिलिज डेट तोकिएको छ।
15
Shares

प्रतिक्रिया