खिल बहादुर गुरुङको निर्देशित फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा मुख्य कलाकारहरू दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् ।
दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको गीतमा रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) स्वर रहेको छ। गुरुङ परिवेशमा तयार पारेको गीतको अडियो तथा भिडिओले दर्शकलाई उत्साहित बनाउने देखिन्छ। किनभने, लामो समयपछि यो सिनेमाबाट दयाहाङ राई र रिश्मा गुरुङ (काजी र मैंया) को जोडी पुनः पर्दामा हेर्न पाइनेछ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। यस फिल्ममा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ।
उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन्। यो फिल्म आगामी भदौ २० गतेबाट रिलिज हुनेछ।
Shares

प्रतिक्रिया