फिल्म ‘राम नाम सत्य’को शुभमुहूर्त गरिएको छ।
ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो। फिल्मको छायांकन भने केही दिनमा काठमाडौंमा सुरु हुनेछ। चितवनमा पनि फिल्मको छायांकन गरिनेछ।
निर्माण पक्षले शुभसाइतसँगै अभिनेता विराज भट्टको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको छ। यो फिल्म चैत २७ गते रिलिज हुनेछ।
पोस्टरमा विराज भट्ट एंग्री लुक्समा देखिएका छन्।
माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्ममा विराजसहित सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनील थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका छ।
उपेन्द्र शाही र श्वेता विमलीको निर्माणमा तयार हुन लागेको फिल्ममा किशोर भट्ट र डा डीआर उपाध्याय कार्यकारी निर्माताको रूपमा छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माणमा हुन लागेको फिल्ममा माइकल चन्दकै कथा तथा पटकथा रहेको छ। मोती कार्की क्रिएटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसरको रुपमा छन्। अभिमन्यू निरवी र समय थापा फिल्मका स्क्रिप्ट कन्सलट्यान्ट रहेका छन्।
बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गरेपछि बोल्दै निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको फिल्म बताए।
अभिनेता विराज भट्टले ‘१२ गाउँ’पछि आफूले यो फिल्ममा काम गर्न लागेको बताउँदै कथावस्तु पावरफूल रहेको सुनाए।
Shares

प्रतिक्रिया