कला


फिल्म निर्देशनमा डेब्यु गर्दै फिरोज तिमल्सेना, ‘कहाँ गयौ तिमी..’ घोषणा

फिल्म निर्देशनमा डेब्यु गर्दै फिरोज तिमल्सेना, ‘कहाँ गयौ तिमी..’ घोषणा

नेपालखबर
भदौ १, २०८२ आइतबार ८:३६, काठमाडौँ

फिरोज तिमल्सेनाको निर्देशनमा फिल्म ‘कहाँ गयौ तिमी…’ निर्माण घोषणा गरिएको छ।

श्रीकृष्ण जन्माष्टमीको दिन पारेर  एक पोस्टर सार्वजनिक गर्दै टाइटलसहित फिल्मको निर्माण घोषणा गरिएको हो।

फिरोजले यसै फिल्ममार्फत चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन्। सहारा फिल्म्सको प्रस्तुति रहने यो फिल्म लभस्टोरी जनरामा बन्नेछ।

फिल्मको कथा जीवन आचार्यको रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहनेछ।

फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका हुन्। उनले नेपाल आइडल सिजन–१ को रियालिटी प्रोडुसर तथा एपिसोड डिरेक्टरको काम गरेका थिए। भ्वाइस अफ नेपालको फाउन्डर, क्रिएटिभ हेड तथा चिफ एडीलगायत अनुभव संगालेका उनी अभिनेता पनि हुन्।

‘दर्पण छाया–२’मा अभिनय गरेका फिरोज गायक पनि हुन्। इन्जिनियरिङलाई पेसा बनाएर उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन्।

फिल्ममा कोको कलाकार रहनेछन्, त्यो भने निर्माण पक्षले खुलाएको छैन। निर्माता पनि को रहने जानकारी दिइएको छैन।

चलचित्रको छायांकन, प्रदर्शन र अन्य टिमबारे चाँडै जानकारी दिने निर्देशक फिरोजले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad