कला


एकसाथ रिलिज भएका ‘वार २’ र ‘कुली’ ले तीनसम्म कति कमाए?

एकसाथ रिलिज भएका ‘वार २’ र ‘कुली’ ले तीनसम्म कति कमाए?

नेपालखबर
भदौ १, २०८२ आइतबार १४:३७, काठमाडौँ

गत बिहीबारदेखि प्रदर्शनरत भारतीय फिल्म ‘वार २’ र ‘कुली’ ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेका छन्। ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत ‘वार २’ ले पहिलो दिन ५२ करोड भारतीय रुपैयाँ कमाउँदा रजनीकान्तको ‘कुली’ ६५ करोड भारुको ओपनिङ गरेको थियो।  

दोस्रो दिन ५४.७५ करोड कमाएको ‘कुली’ ले शनिबार ३८.६ करोड भारुको व्यापार गरेको छ। योसँगै ‘कुली’ ले तीनदिनसम्म भारतमा १५८ करोड नेट कलेक्सन गरिसकेको छ। दुइदिनमा १०० करोडको आकंडा पार गरेको ‘कुली’ करोड क्लबमा सबैभन्दा छिटो सामेल हुने तमिल फिल्म बनेको छ। विश्वरभर ३०० करोड भारुको व्यापार गरिसकेको छ।  

लोकेश कनागराज निर्देशित ‘कुली’ रजनीकान्तसँगै नागार्जुन, सौबिन शाहिर, श्रुति हसन, सत्यराज, उपेन्द्र र आमिर खान मुख्य भूमिकामा छन्।

त्यस्तै, ‘वार २’ ले दोस्रो दिन व्यापार बढेर ५६.३५ पुगेको छ। तेस्रो दिन शनिबार भने कमाइ ३३.३५ करोड रहेको छ। तीनसम्म यस फिल्मले १४२ करोडको नेट कलेक्सन गरेको छ। विश्वभरबाट भने फिल्मले २१५ करोड भारु कमाइसकेको छ।

त्यसैगरि, एक्सन फिल्म ‘वार २’ मा ऋतिक रोशन, जुनियर एनटीआर, कियारा आडवाणी मुख्य भूमिकामा छन्। यो फिल्म सन् २०१९ को एक्शन थ्रिलर वार’ को सिक्वेल छ। अयान मुखर्जीको निर्देशित यस फिल्मबाट जुनियर एनटीआरले हिन्दी फिल्म उद्योगमा डेब्यु गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad