ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत बलिउड फिल्म ‘वार २’ हाल सिनेमाहलमा प्रदर्शनरत छ। अयान मुखर्जीद्वारा निर्देशित यस फिल्मले विश्वभर २४५ करोड भारतीय रुपियाँको व्यापार गरिसकेको छ।
बलिउड फिल्म ‘वार २’ यस वर्षको सबैभन्दा चर्चित फिल्महरू मध्ये एक हो। र, मेगा बजेट फिल्म भएकोले यसको अनलाइन स्ट्रिमिङ पार्टनरसँग सम्झौता भइसकेको छ। यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा २ अक्टोबरमा स्ट्रिमिङ हुने बताइएको छ। यद्यपि, निर्माणटिमले भने यसबारे केही खुलाएको छैन।
भारतमा यो ५००० भन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ। यसले दर्शक र समीक्षकहरूबाट भने मिश्रित प्रतिक्रिया पाएको छ। ‘वार २’ मा ऋतिक रोशन, जुनियर एनटीआरसहित कियारा आडवाणी मुख्य भूमिकामा छन्। यो फिल्म सन् २०१९ को 'एक्शन थ्रिलर वार’ को सिक्वेल छ। यस फिल्मबाट जुनियर एनटीआरले हिन्दी फिल्म उद्योगमा डेब्यु गरेका हुन्।
Shares

प्रतिक्रिया