फिल्म ‘आमा बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार बिक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुवै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।
चन्द्र पन्तको निर्देशन,कथा तथा पटकथामा निर्माण हुन लागेको फिल्मलाई विदेशमा उच्च माग बढ्न थालेको हो। मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने यो फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्डमा वितरण अधिकार ‘सोल्ड आउट’ भइसकेको छ। यस बाहेक अन्य देशमा कुराकानी भइरहेको र त्यसबारेमा पनि छिट्टै जानकारी दिने निर्देशक पन्तले बताए।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा पल शाह,उषा उप्रेतीका साथमा सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ। उनीहरु यस फिल्मका लागि फाइनल भइसकेका छन्।
Shares

प्रतिक्रिया