फिल्म ‘मैझारो’को छायांकन सेटबाट अभिनेता दयाहाङ राईको लुक्स बाहिरिएको छ। फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला लिम्बू समुदायको भेषमा एक हातले तिर हान्दै गरेको लुक्स बाहिरिएको हो।
यसअघि यो फिल्ममा उनी हुने/नहुने बारेमा निर्माण पक्षले केहि खुलाएका थिएनन। अन्तत उनी यो फिल्ममा अनुबन्ध भएको बुझिन्छ। फिल्मका निर्देशक विल्सन बिक्रम राईले दर्शकलाई सरप्राइज दिएका छन्।
यस फिल्मको साउनको पहिलो हप्ताबाट इलामबाट छायांकन सुरु गरिएको हो। मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, लगायतको अभिनय रहने भनिएको थियो। तर ,दयाहाङ हुने नहुने निर्माण पक्षले जानकारी दिएको थिएन।
निर्माण पक्षले फिल्मको छायांकन पनि अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। निर्देशक राईकै कथामा निर्माण भइरहेको यो फिल्मको छायांकन नेपालको पूर्वीको इलामदेखि पाँचथरका रमणीय स्थलहरूमा भएको छ।
विल्सन बिक्रमकै फिल्मको कथा र पटकथा रहेको फिल्मलाई आरआर फिल्मले गर्दैछ।
Shares

प्रतिक्रिया