कला


सात वर्षपछि ‘सकम्बरी’मार्फत फिल्ममा कमब्याक गर्दै जीवन लुइँटेल

सात वर्षपछि ‘सकम्बरी’मार्फत फिल्ममा कमब्याक गर्दै जीवन लुइँटेल

नेपालखबर
भदौ ४, २०८२ बुधबार १३:४५, काठमाडौँ

अभिनेता जीवन लुइँटेलले फिल्मक्षेत्रमा कमब्याक गर्ने पक्का भएको छ। सातवर्षपछि लुइँटेल फिल्म ‘सकम्बरी’ मा देखिन थालेका हुन्।

कान्तिपुर फिल्म एकेडेमीले निर्माणमा बन्ने यस फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्। यस फिल्मका लागि जीवन र निर्माणटिमबीच बुधबार सम्झौता भइसकेको छ।

केहीअघिमात्रै कान्तिपुर फिल्म एकेडेमीले ‘सकम्बरी’ नामबाटै नाटक समेत मञ्चन गरेको थियो। जुन नाटकमा जीवनले मुख्य पात्र सुयोगवीरको चरित्र निर्वाह गरेका थिए।

शीर्ष भूमिका ‘सकम्बरी’ र निर्देशकबारे आउँदो साता जानकारी दिइने एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए। पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’का पात्रबाट प्रभावित भएर फिल्म बनाउन लागिएपनि फिल्मको कथा पुस्तकमा आधारित नरहने उनले स्पष्ट पारे।

जीवनसहित फिल्ममा अभिनेता अर्पण थापा पनि अनुबन्धित भइसकेका छन्। जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्रमा देखिनेछन्। उनका अनुसार तिहारपछि यो फिल्मको छायांकन हुनेछ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad