कला


प्रिमियर सोमा रूचाइयो ‘जनै हराएको मान्छे’, भावुक भए केकी र अञ्जु

प्रिमियर सोमा रूचाइयो ‘जनै हराएको मान्छे’,  भावुक भए केकी र अञ्जु

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १२:३, काठमाडौँ

भोलिबाट रिलिज हुने फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’लाई प्रिमियरमा सोमा रूचाइएको छ। बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा अधिकांश दर्शक भावुक भए।

प्रिमियरमा कलाकार शुनिल थापा, जितु नेपाल,कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, कवि तथा गीतकार विप्लव प्रतीक, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायत सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कलाकार तथा आगन्तुक दर्शकहरू पनि ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को कथासँग भावनात्मक रूपमा जोडिएका थिए। चलचित्र हेरेपछि धेरै व्यक्ति भावुक हुँदा कतिपयले आफ्नो आँखामा आँसु थाम्न सकेनन्। केकी अधिकारी, अञ्जु पन्तलगायत कलाकार चलचित्र हेर्दा रोइरहेका थिए।

नोस्टाल्जिक बनाउँदै बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा सिनेमामा हेरिरँदा रुवाएको सिनेमा हेरेपछि उनीहरूले प्रतिक्रिया दिएका छन्। 

बुवा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा हेरिरहँदा आँसु थाम्न नसकेको उनीहरूको प्रतिक्रिया छ ।

चलचित्रले सम्बन्धको महत्व, सपना पूरा गर्न गरिने संघर्ष र पारिवारिक मूल्यमान्यतालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। जसका कारण दर्शकले यसलाई भावनात्मक रूपमा बलियो चलचित्रको रूपमा लिएकाे प्रतिक्रिया दिएका छन्।

यस फिल्ममा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ।

अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

हिमाल न्यौपाने निर्देशित यस फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन्। चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad