चर्चित भारतीय हास्य कलाकार तथा अभिनेता जसविन्दर भल्लाको निधन भएको छ। ब्रेन स्ट्रोक भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
६५ वर्षीय भल्लाले आज बिहान ४ बजे अन्तिम सास फेरे। उनका नजिकका साथी तथा हास्य शृंखला ‘छनकटा’का अभिनेता बालमुकुन्द शर्माले पछि मृत्युको पुष्टि गरे। उनको अन्तिम संस्कार भोलि शनिबार गरिनेछ।
जसविन्दर भल्लाले आफ्नो करियरको सुरुवात हास्य शृंखला ‘छनकटा’ बाट गरेका थिए। पछि यस शृंखलाका २७ भन्दा बढी अडिओ र भिडिओ क्यासेटहरू रिलिज भए।
त्यसपछि उनले १९९८ मा फिल्म ‘दुल्ला भाटी’ बाट आफ्नो फिल्मी करियर सुरु गरे। १९९९ मा उनी ‘महौल ठीक है’ मा इन्स्पेक्टर जसविन्दर भल्लाको भूमिकामा देखा परे। यसैबाट उनले पहिचान पाए।
भल्लाले आफ्नो करियरमा धेरै पन्जाबी फिल्ममा काम गरेका छन्। यसमा धेरै हिट फिल्म पनि छन्।
यीमध्ये जिने मेरा दिल लुटिया, जट्ट एन्ड जुलियट, क्यारी अन जट्टा, सरदारजी, पावर कट, मुंडे कमल दे, किट्टी पार्टी र क्यारी अन जट्टा ३ जस्ता सुपरहिट फिल्म हुन्।
उनले दिलजित दोसांझजस्ता ठूला स्टारसँग पनि काम गरिसकेका छन्।
Shares

प्रतिक्रिया