कलाकार दीपाश्री निरौलालाई आज (भदौ ७ गते) उनका निकट सहकर्मी दीपकराज गिरीले व्यापक प्रशंसासहित जन्मदिनको शुभकामना दिएका छन्।
यस अवसरमा दीपकले नारीलाई हेर्ने सामाजिक दृष्टिकोणको समेत चर्चा गर्दै दीपालाई आफ्नो सुखदु:खको साथी पनि भनेका छन्।
‘नारी जतिसुकै सक्षम भए पनि उसको उपलब्धिलाइ शंका भावले हेरिन्छ। स्वतन्त्र रूपले कर्ममा लाग्दा पनि नारीका उपलब्धिभन्दा बढी उसका व्यक्तिगत कुराका चियोचर्चा र चासो हुने गर्छ। प्रश्नहरू उठाइन्छ ,अनावश्यक जिज्ञासा राखिन्छ’, दीपकले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘काँडाहरू आफू लिने, अरूलाइ फूल दिने, खुसी सापट दिएर पनि भुल्दिने, जो सबैभन्दा जाती छिन्, मेरो सुखदु:खकी एउटा साथी छिन्।’
अनि जन्मदिनको शुभकामना दिँदै अगाडि भनेका छन्, ‘मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे, ह्याप्पी बर्थडे माई डिएर फ्रेन्ड दीपा।’
यस्तो छ, दीपाका लागि दीपकले लेखेका पूरा कुरा:
समाज जतिसुकै आधुनिकतातिर बढे पनि
नारी र पुरुषमा मनोवैज्ञानिक विभेद रहेकै छ।
यस्ता अनेकौँ प्रश्नहरू, जिज्ञासाहरू र बाधाहरूका बाबजुद निरन्तर आफ्नो कर्ममा लागेर हरेक कर्ममा आफ्नो अब्बलता प्रमाणित गरिरहने तिमीलाई सर्वप्रथम सलाम छ।
केही अझै लेख्छु।
तिमी सबैप्रति दयाभाव राख्ने,
आफ्ना सुविधामा भन्दा समर्पणमा विश्वास गर्ने, भविष्यमा होइन, वर्तमानमा बाँच्न सक्ने
पीडालाइ पोल्टामा राखेर पनि हाँस्न सक्ने
काँडाहरू आफू लिने, अरूलाई फूल दिने
खुसी सापट दिएर पनि भुल्दिने
जो सबैभन्दा जाती छिन्
मेरो सुखदु:खकी एउटा साथी छिन्।
मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे
ह्याप्पी बर्थडे माई डियर फ्रेन्ड दीपा।
Shares

प्रतिक्रिया