विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिकामा फिल्म ‘काजी’को छायांकन सुरु भएको छ। शुक्रबार दक्षिणकाली मन्दिरमा शुभमुहूर्तसँगै स्याङ्जामा आजबाट सुटिङ सुरु भएको हो।
यस लभस्टोरी फिल्ममा लक्ष्मण रिजालको निर्देशन रहेको छ। यही सिनेमाबाट करिब ८ वर्षपछि निर्देशनमा फकेका हुन्। आफुले खोजेको जस्तै स्कृप्ट पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको निर्देशक रिजाल बताए।
उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलबिदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’ को निर्माण गरेका थिए ।
प्रदीप भारद्वाजको लेखन रहेको सिनेमालाई चिन्तनराज भण्डारीले खिच्दै छन्। यो सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ ।
Shares

प्रतिक्रिया