रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो सिजनको उपाधि प्रथम गुरुङ र रिस्ता गुरुङले जितेका छन्। शनिबार भएको ग्रान्ड फिनालेमा उनीहरू विजेता घोषित भए। उनीहरूले १/१ करोड रुपैयाँ नगदसहित, ट्रफी र उपहार प्राप्त गरे।
मेरो भ्वाइस युनिभर्समा हङकङबाट प्रतिनिधित्व गरेका टोपराज तामाङ फस्ट रनरअप बने। कतारबाट जुनु प्रसाईँले सेकेन्ड रनरअप हुँदा झापाका प्रशान्त पोखरेल फोर्थ रनरअप भए।
त्यस्तै, मेरो डान्स युनिभर्सतर्फ सिक्किमकी अमृता राईले फस्ट फस्टरनअप बन्दा सितुन महर्जन सेकेन्ड रनरअप भए। सुरज सिंजाली मगरले थर्ड रनरअप उपाधि जित्दा सुसाना कोइराला फोर्थ रनरअप बनिन्।
90
Shares

प्रतिक्रिया