कला


९० करोडमा बनेको त्यो भारतीय फिल्म, जसले ९ करोड पनि कमाउन सकेन

९० करोडमा बनेको त्यो भारतीय फिल्म, जसले ९ करोड पनि कमाउन सकेन

नेपालखबर
भदौ ९, २०८२ सोमबार १२:५३, काठमाडौँ

फिल्मी दुनियाँमा प्रायः हिट र फ्लप फिल्महरूको चर्चा हुने गर्छ।

केही फिल्महरूले सफलताको हिसाबले नयाँ रेकर्ड बनाउँछन् भने केही फ्लपको आधारमा। यी मध्ये एक दक्षिण भारतीय फिल्म छ, जसको निर्माणदेखि प्रचारमा ९० करोड रुपैयाँ खर्च भएको थियो। तर, फिल्म बक्स अफिसमा नराम्रोसँग पछारियो।

जुन फिल्मको नाम हो: ‘एजेन्ट’। यो चलचित्र रिलिज हुनुभन्दा अगाडि नै धेरै चर्चामा थियो। किनकी यसको बजेट पनि निकै उच्च थियो। निर्माताहरूले चलचित्रबाट उच्च अपेक्षा गरेका थिए। तर, बक्स अफिसमा हिट हुनुको साटो फ्लप भयो।

यस एक्सन र जासूसी थ्रिलर फिल्ममा अखिल अक्किनेनी मुख्य भूमिकामा देखिएका थिए। दुई वर्षअघि रिलिज भएको फिल्मको उत्कृष्ट स्टार कास्ट हुँदाहुँदै पनि दर्शकले मन पराएनन्। यो फिल्म असफल हुनुको सबैभन्दा ठूलो कारण यसको कमजोर पटकथा हो।

कमजोर कथाका कारण यसले मानिसहरूलाई हलसम्म तान्न सकेन। यस फिल्मले बक्सअफिसमा ९ करोड रुपैयाँ भारतीय रुपैयाँ समेत कमाउन गाह्रो भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad