कला


‘काठमाडौं कलिङ साहित्य महोत्सव’मा गुञ्जिँदै चर्चित गायक अर्को मुखर्जी

‘काठमाडौं कलिङ साहित्य महोत्सव’मा गुञ्जिँदै चर्चित गायक अर्को मुखर्जी

नेपालखबर
भदौ ९, २०८२ सोमबार १७:२, काठमाडौँ

काठमाडौँ उपत्यकामा भदौ १८ र १९ गते (सेप्टेम्बर १३-१४) ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’को चौथो संस्करण हुँदैछ।

ललितपुरस्थित होटल हिमालयमा दुई दिनसम्म चल्ने फेस्टिभलमा देशविदेशका साहित्यिक व्यक्तिहरू सहभागी हुँदैछन्।

यसपटकको महोत्सवमा चर्चित गायक तथा संगीतकार अर्को मुखर्जी मुख्य आकर्षणको रुपमा रहेका छन्। महोत्सवको पहिलो दिन चर्चित बंगाली गायक मुखर्जी गुञ्जिनेछन्। २८ गते साँझ ७ बजेदेखि उनको प्रस्तुति सुरू हुनेछ।

बंगाली चलचित्रहरुमा स्वर दिएर चर्चामा रहेका गायक मुखर्जीको नेपाली संगीतप्रति विशेष लगाव छ। उनले हिट नेपाली गीतहरूलाई कभर भर्सन ल्याएर नेपाली दर्शकहरूको मन जितिसकेका छन्। लोक संगीतमा झुकाव राख्ने उनले उकालीमा हजुर, भैंसी लड्यो, लाहुरेको रेलिमाई, मोहनी लाग्ला है, सिन्धुली गढी, ए कान्छा लगायतका थुप्रै नेपाली हिट गीतलाई कभर भर्सनमा ल्याइसकेका छन्।

यस पटकको महोत्सवमा ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५’ विजेता भारतीय लेखिका बानु मुस्ताक सहभागी हुनेछिन्। उनीसँगै अनुवादक दीपा भास्टी, इतिहासकार डा. विक्रम सम्पत, लेखक तथा कूटनीतिज्ञ विकास स्वरुपलगायत दक्षिण एशियाली र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखकहरू महोत्सवमा सहभागी हुनेछन्।

यस पटकको संस्करणको मूल विषय ‘सीमापारि: बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ रहेको छ। महोत्सवमा भारत, नेपाल, भूटान, बंगलादेश र श्रीलङ्कासहित करिब ३०० लेखक सहभागी हुने आयोजकले बताएको छ।

महोत्सवमा प्यानल छलफल, कविता वाचन, पुस्तक लोकार्पण, लेखकसँग अन्तरक्रिया, लेखन तथा अनुवाद कार्यशाला र सांस्कृतिक प्रस्तुति हुनेछन्। कार्यक्रमले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकबीचको साहित्यिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने आयोजकको विश्वास छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad