कला


फिल्म ‘महादशा’ मार्फत निर्देशनमा डेब्यु निर्माता किरण नेपाली

फिल्म ‘महादशा’ मार्फत निर्देशनमा डेब्यु निर्माता किरण नेपाली

नेपालखबर
भदौ ११, २०८२ बुधबार १२:१३, काठमाडौँ

निर्माता किरण नेपालीले फिल्म ‘महादशा’मार्फत निर्देशनमा डेब्यु गर्ने भएका छन्। बुधबार काठमाडौँमा आयोजित कार्यक्रमबीच फिल्मको घोषणासँगै प्रि-टिजर सार्वजनिक गरिएको हो।

लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि दिइनेछ।

नेपाली यसअघि हात्तीछाप, नम्बरी सुनलगायत दर्जनौँ फिल्म निर्माण गरिसकेका छन्। मनीष गौतमले लेखेको फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।

यस फिल्मले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्नेछ। प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाई रहेको फिल्मको प्रदर्शन मिति भने छायांकन पूरा भएपछि मात्र घोषणा गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad