प्रसिद्ध अमेरिकी पप स्टार टेलर स्विफ्टले आफ्ना पार्टनर ट्राभिस केल्सीसँग इन्गेजमेन्ट गरेकी छन्।
टेलरले इन्गेजमेन्टको तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छन्।
तस्बिरमा एकअर्कालाई अँगालो हालेका छन्। टेलरको औँलामा हीराको औँठी देखिन्छ।
टेलरले इन्स्टाग्राममा लेखेकी छन्, ‘तपाईंको अंग्रेजी शिक्षक र जिम शिक्षक विवाह गर्दै छन्।’
यो पोस्टमा अहिलेसम्म २५ लाख लाइक प्राप्त भइसकेका छन्।
ट्राभिस केल्सी फुटबल खेलाडी हुन्, जो राष्ट्रिय फुटबल लिगमा कान्सास सिटी चिफ्सबाट खेल्छन्।
यसैबीच इन्गेजमेन्टका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवैलाई बधाई दिएका छन्।
ट्रम्पले भनेका छन्, ‘उनी (ट्राभिस केल्सी) एक महान् खेलाडी हुन् र मलाई लाग्छ- उनी एक अद्भुत व्यक्ति हुन्।’
69
Shares

प्रतिक्रिया