कला


अर्जुन सुवेदीको निर्देशनमा फिल्म ‘कन्यादान’ बन्ने

अर्जुन सुवेदीको निर्देशनमा फिल्म ‘कन्यादान’ बन्ने

नेपालखबर
भदौ ११, २०८२ बुधबार १२:३४, काठमाडौँ

अर्जुन सुवेदीको निर्देशनमा फिल्म ‘कन्यादान’ बन्ने भएको छ। ‘रङ्गेली’ र ‘सोल्टिनी’ का निर्देशक सुवेदीले पोस्टर सार्वजनिक भएसँगै फिल्मको घोषणा गरेका हुन्।

सार्वजनिक पोस्टरमा देखाइएको महिलाको साङ्केतिक तस्बिरले समाजमा विधवाले भोग्ने मौन पीडा र पुनः जीवनप्रतिको चाहना दुवैलाई प्रतिबिम्बित गर्छ।

सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यस फिल्मले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई समेट्नेछ। फिल्मको सार हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छु भन्ने रहेको निर्देशक सुवेदीले बताए।

उनका अनुसार समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने कुरा फिल्ममा छ। यसको लेखन कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर गरेका हुन्। आगामी वर्ष रिलिज गर्ने योजना छ।

चलचित्र निर्माणमा प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ।

फिल्मको प्रस्तुत कर्तामा रेजिना बिस्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायाङ्कन निर्देशनमा सुसन प्रजापति, सङ्गीतकारमा प्रशान्त सिवाकोटी, प्रोजेक्ट हेडमा सुजन खतिवडा, पोस्टर तथा पब्लिसिटी डिजाइनमा रोयल भीमसेन, र डिजिटल वितरणमा ओएसआर डिजिटल रहनेछन्।

यसअघि ‘कन्यादान’ शीर्षकमा चलचित्र बनेका भएता पनि सुवेदीले निर्देशन गर्ने ‘कन्यादान’ भने नयाँ कथामा बन्ने दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad