कला


सञ्जीवनीको स्वरमा ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक, छमछमी नाचे उपासना र श्यामाश्री

सञ्जीवनीको स्वरमा ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक, छमछमी नाचे उपासना र श्यामाश्री

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १६:३, काठमाडौँ

फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जीवनीको स्वर सुन्न सकिन्छ।

‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा किरण खरेलको शब्द, स्वर्गीय जयदेवको संगीत छ। यो गीतको ओर्जिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो।

तर, ‘माइतीघर’ नामक पुरानो नेपाली फिल्मको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनको टिमले पुनः बजारमा ल्याएको हो।

गीतको भिडिओमा अभिनेत्रीद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा फिचर्ड छन्। उनीहरूले गीतअनुसार छमछमी नाँचेका छन्। 

कविराज गहतराज कोरियोग्राफीले भिडिओमा समावेश नृत्यलाई लोभलाग्दो छ। गीतको भावअनुसारको लोकेशन र छायांकनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ। भिडिओमा हरेक शब्दअनुसारको लोकेशन छनोट गरिएको छ।

मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन रहेको यो फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ। मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्ममा रामशरण पाठकको लेखन छ।

यस फिल्ममा उपासना र श्यामाश्रीसहित केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ। चन्द्रकुमार दोङको कथा रहेको फिल्म असोज १३ गते दशैंको फूलपातीबाट रिलिज हुँदैछ।

यो गीतको भिडिओ प्रतियोगीताको समेत घोषणा भइसकेको छ। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख नगद पुरस्कार दिने घोषणा फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले गरिसकेका छन्। गीत सार्वजनिक भएसँगै अब दर्शकले भिडिओ बनाउन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad