दीपकराज गिरी र दीपाश्री निरौलाले जितु नेपाल लगायतका कलाकारसँग मिलेर ‘छक्कापञ्जा कमेडी टूर’ गर्ने भएका छन्। दसैंको अवसरमा अमेरिकामा आयोजना हुने यस कार्यक्रममा उनीहरुले प्रस्तुति दिनेछन्।
दीपकराजले शुक्रबार यस टूरबारे औपचारिक घोषणा गरेका हुन्। १५ वर्षपछि दीपक अमेरिका जान लागेका हुन्। यो टूर सेप्टेम्बरदेखि अक्टोबर महिनासम्म हुनेछ। टूरमा दीपक-दीपा र मुन्द्रेसहित आसिफ शाह, धर्मेन्द्र सेवान र मीना पोखरेलले साथ दिनेछन्।
दीपकदीपा र मुन्द्रे धेरै पछी एउटै मञ्चमा देखिन लागेका हुन्। केही वर्षअघि दीपकदीपा र मुन्द्रबीच बोलचाल बन्द भएको थियो। तर, पछिल्लो समय भने उनीहरूको सम्बन्धमा सुधार भइसकेको छ।
न्यूयोर्क, बाल्टिमोर, टेक्साससहितका १५ अमेरिकी सहरमा ‘छक्कापञ्जा कमेडी टूर’ हुने बताइएको छ। आत्रेय प्रोडक्सन र ग्लोबल इभेन्ट्सले आयोजना गर्ने टूरमा प्रहसन, गायन लगायतका प्रस्तुति हुनेछन्।
Shares

प्रतिक्रिया